November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

आमा बनेपछि अनुस्का….

2.9K

नयाँदिल्ली-भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्माको घरमा जनवरी ११ मा छोरीले जन्म लिइन्। यसले उनीहरुमात्रै हैन, यी दुवैका फ्यानहरु पनि निकै खुसी भए।

बच्चा जन्मिएको १० दिनपछि भने भारतीय मिडियाले उनीहरुलाई मुम्बईकाे बान्द्रामा फेला पारेका छन्। यी दुई औषधि पसलमा जाँदै गर्दा फेला परेको पनि भारतीय मिडिया आजतकले लेखेको छ।

सञ्चारकर्मीले अनुमति बिना तस्विर लिएको भन्दै रिसाएकी अनुस्कालाई फकाएर केही फोटो पनि खिचिएको छ। अनुमति लिएर प्राइभेसीको ख्याल राखेकोमा अनुस्काले धन्यवाद दिएको पनि समाचारमा जनाइएकाे छ। 

Advertisement