March 13, 2026, Friday
२०८२ फाल्गुन २९
1:37:26 pm

दीपा राई पुनको ‘कुनै मधुर धुन’ दर्शकमाझ

1.6K

काठमाडौं । कवि तथा गीतकार दीपा राई पुनको नयाँ म्युजिक भिडियो ‘कुनै मधुर धुन’ सार्वजनिक भएको छ । राईको शब्द, सचिन सिंहको संगीत र मेलिना राईको स्वर रहेको उक्त गीत उनको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन, दिनेश पराजुलीको छायाङ्कन, विकास पराजुलीको सम्पादन र चन्द्र चौधरीको मिक्सिङ रहेको छ ।

राजबाबु चौधरीले रेकर्ड गरेका यस गीतको प्रस्तुति गीतकारकी आमा बिमला राईले गरेकी हुन् । भिडियोलाई फर्पिङ र उत्तर बाहिनी क्षेत्रमा छायांकन गरिएको थियो ।

Advertisement

प्रवासमा बसेर नेपाली गीत, संगीत र कविताको क्षेत्रमा आफ्नो कलम चलाउँदै आएकी राईका दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् । उनका कविता कृतिहरू पनि बजारमा छन् ।

यसअघि ‘प्रतिरुप’ गीति एल्बम पनि सार्वजनिक गरेकी राईको ‘तिम्रो सपनाको म’, ‘स्पन्दनका रागहरू’, ‘छुटेको बागदाता’, ‘दीयोको अन्तिम लप्का’ र ‘शरदका पहेंला पातहरू’ लगायत कविताकृति बजारमा ल्याइसकेकी छन् ।