काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष पदका लागि दिनेश डिसी र अभिनेत्री करिश्मा मानन्धरसहित ६ जना कलाकारले आवेदन दिएका छन् ।
साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भन्दै सूचना प्रकाशन गरेपछि उनीहरूले आवेदन दिएका हुन् ।
स्रोतकाअनुसार सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डङ्गोल रहेका छन् ।