February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

डीआइजी चन्द्रकुबेर खापुङको शब्दमा ‘सपना हौ कि विपनामा’

1.6K

विराटनगर । नेपाल प्रहरीका कोशी प्रहरी प्रदेश प्रमुख डिआइजी चन्द्रकुबेर खापुङको शब्दमा नयाँ गीत सार्वजनिक भएको छ ।

‘सपना हौ कि विपनामा, कतै भेटेजस्तो लाग्छ’ बोलको गीत म्युजिक भिडियोमा सार्वजनिक भएको हो ।

डीआर प्रोडक्सनको प्रस्तुति रहेको गीतलाई किरण भुजेल र अनुमा चौधरीले गाएका हुन् । दौथ राईको संगीत रहेको छ ।

Advertisement

भिडियोमा सुरेश कोहली र पुनम श्रेष्ठले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि दौथ राईले नै गरेका हुन् ।