November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

अमिताभ बच्चनले लिए ‘कौन बनेगा करोडपति’को सेटबाट बिदा

2.8K

काठमाडौं – निरन्तर रुपमा होस्ट गर्दै आएको कार्यक्रम ‘कौन बनेगा करोडपति’ को सेटबाट अभिनेता अमिताभ बचनले बिदा लिएका छन् ।

ए डी २००० जुलाई बाट सुरु गरिएको रियालिटी सो ‘कौन बनेगा करोडपति’ सिजन १२ सम्म आइपुगेको छ । लोकप्रिय कार्यक्रमको रुपमा स्थापित भैसकेका उक्त कार्यक्रमलाई होस्ट गर्दा गर्दै थाकेका अमिताभले अब रियालिटी सो बाट अवकास लीने भएका हुन् ।

अन्तिम हप्ता मात्र सिजन बाह्रको छायांकन सकाएका अमिताभले रियालिटी सो बाट बिदा लीने जानकारी आफ्नो ब्लगमार्फत दिएका हुन । उनी भन्छन् – ‘म थकित छु र रिटायर पनि । क्षमा गर्नुस् । के बिसीको यो अन्तिम छायांकन निकै लामो रह्यो । भोलि जे पनि हुनसक्छ । तर याद राख्नुस् काम भनेको कामनै हुन्छ । आफ्नो काम इमानदारीपूर्वक गर्नुपर्छ । यो अन्तिम सुटिङसँगै तपाईँहरूको स्नेह र प्रेमले मलाई बिदाइ ग¥यो ।’

Advertisement

उनले कौन बनेगा करोडपतिको टोलीले एक अर्काको निकै ख्याल राख्ने र कडा परिश्रम गर्ने गरेका बताउँदै यो सेटबाट टाढिन गाह्रो भएको समेत बताएका छन् । कौन बनेगा करोडपतिको सिजन बाह्रनै अमिताभको अन्तिम सिजन रहने बलिउड सञ्चार मिडियाले जनाएको छ ।