November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राधा सुवेदीको ‘अब तिमी उसैको भयौ’

4.8K

इटहरी । साहित्यकार राधा सुवेदीको स्वरमा ‘अब तिमी उसैको भयौ’ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको भिडियोमा प्रेममा धोका खाएपछि पाएको पीडालाई दर्शाइएको छ । पूर्वेली इन्टरटेन्टमेन्ट युटुव च्यानलमार्फत सार्वजनिक गरिएको यस भिडियोमा इटहरीको पर्यटकीय स्थल तालतलैया, इप्पीलेन्ड लगायतका स्थानहरूमा गरिएको छायाङ्कन गरिएको छ ।

भिडियोमा भोजपुरी तथा थारु समुदायको सर्ट मुभीबाट डेब्यु गरेकी मोडल बेन्जु धामी, नाट्यकार प्रज्वल काफ्ले र सञ्चिता धमलाले अभिनय गरेका छन् ।

Advertisement

भिडियोलाई पूर्वेली न्युज तथा पूर्वेली इन्टरटेन्मेनका सञ्चालक सुरेश चन्द्र दाहाल र नागी डान्स सेन्टरका सञ्चालक वसन्त बस्नेतले निर्देशन गरेका छन् भने प्रोडक्सन डिजाइन राजन क्षेत्रीले गरेका छन् ।

दि म्युजिक एरियामा रेकर्डिङ गरिएको गीतलाई राधा सुवेदी र गजलकार तथा साहित्यकार भरत गुरागाईँको कन्सेप्टमा म्युजिक भिडियो मार्फत दर्शक माझ सार्वजनिक गरिएको हो ।