May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

डीआईजी चन्द्रकुबेर खापुङको ‘अजम्बरी जीवन होइन’ सार्वजनिक

5.2K

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङको शब्द रचना रहेको गीत ‘अजम्बरी जीवन होइन’ सार्वजनिक भएको छ । गीतको भिडियो डिआर प्रोडक्सन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

आलोक श्रीको संगीत रहेको यस गीतमा गायक उदय सोताङको स्वर रहेको छ । यस गीत दाजु स्व. त्रैलोक्य खापुङप्रति समर्पित गरिएको गीतकार खापुङको भनाइ छ ।

गीतको भिडियोमा सुरेश कोहली, स्मारिका ढकाल र रोशन बान्तावाको अभिनय रहेको छ भने साहस अमात्यले सहायक भूमिका निर्वाह गरेका छन्।

Advertisement

दौलत राईको निर्देशन रहेको यस भिडियोलाई रामचन्द्र राईले छायांकन गरेका हुन् । भिडियोको सम्पादन दिन्सोन राई, श्रीङ्गार सुवास तिमल्सिना, सह निर्देशन पुनम श्रेष्ठ र प्रोडक्सन म्यानेजर आइक्याच स्टुडियोको रहेको छ ।