March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

‘मनसरा’ को गीत सार्वजनिक

1.6K

काठमाडौं । चलचित्र ‘मनसरा’ को ‘एक तार मनको’ बोलको गीत सार्वजनिक भएको छ।

हर्क साउदको शब्द र सुशान्त गौतमको स्वर तथा संगीत रहेको यस गीतको भिडिओमा ‘दधिराम पोखरेल’ पात्रमा अभिनय गरेका प्रविण खतिवडा र ‘तान्छो’ को भूमिकामा बाल कलाकार नेनाहाङ राईलाई देखाइएको छ। 

उपेन्द्र सुब्बा निर्देशित फिल्म प्रविण र नेनाहाङसँगै मिरूना मगर, मेनुका प्रधान, दयाहाङ राईलगायत कलाकारको अभिनय छ।

Advertisement

शुक्रबारबाट रिलिज भएको चलचित्र ‘मनसरा’ले अहिले राम्रो व्यापार गरिरहेको छ ।