November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

नयाँ बर्ष पारेर निता र शंकरले ल्याए ‘अदभूत माया’ (भिडियो)

1.4K

काठमाडौं । नयाँ बर्ष २०८१ को अवसर पारेर गायिका निता आचार्य र संगीतकार शंकर थापा ‘स्माइल’ले ‘अदभूत माया’ म्युजिक भिडियो दर्शकमाझ ल्याएका छन् ।

युगल स्वरमा रहेको नयाँ गीत ‘अदभूत माया’मा गीतकार अनिल संग्रौलाको शब्द रचना, शंकरकै संगीत रहेको र विश्व अधिकारीको एरेन्ज रहेको छ ।

मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Advertisement

यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा ‘स्माइल’ सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन् ।

गीत गायनदेखि संगीत कर्म सम्म त्यतिकै पोख्त ‘स्माइल’ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् ।