सुनसरी । बराहक्षेत्र मिडिया प्रा.लि.को व्यानरमा निर्मित थारु चलचित्र ‘सजनी तोहर बिन’को प्रिमियर सम्पन्न भएको छ । सुनसरीको झुम्कास्थीत थ्रीडी म्याजिक हलमा चलचित्रको प्रिमियर भएको हो ।
नेपाली हिन्दूहरुको महान चाड दशैँ, तिहार, छठ तथा नेपाल सम्वत ११४४ को अवसर पारेर प्रिमियर गरिएको वराहक्षेत्र मिडिया प्रा.लि.का अध्यक्ष प्रदिप बास्मैतले जानकारी दिएका छन् ।
कार्यक्रममा थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष, निर्देशक पर्शुराम चौधरी, नेपाल पत्रकार महासघ केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक भिषण राईको उपस्थिति थियो ।
गाउँघर घटिरहेको विकृति, कुरिती, युवापुस्ता कुलतमा फसी अकालमै ज्यान गइरहेकोलाई सहि दिशामा ल्याउन पहल भएको चलचित्रमा देखाइएको छ ।

आश थारुको निर्देशन रहेको चलचित्रमा सुजु चौधरी, सचेत चौधरी मुख्य कलाकार रहेका छन् । त्यसैगरी कृष्ण चौधरी, प्रदीप बासमैत, ललिता चौधरी, पाण्डव चौधरी, सानु विसवासलगायत कलाकारको अभिनय रहेको छ । पाण्डव चौधरीको पटकथा र सहायक निर्देशन, सरोज चौधरीको सम्पादन, द्वन्द्व र गीत लेखन रहेको छ । पर्यट्कीय क्षेत्र रामधुनी, बराहक्षेत्र, उदयपुर, सङ्खुवासभाको तिनजुरे र मोरङ्ग जिल्लाका रमणीय स्थानमा छायांकन गरिएको चलचित्रलाई सावन चौधरीले छायांकन गरेका हुन् ।
चलचित्र प्रिमियरको अवसर पारेर चलचित्रका कलाकार र अन्य सम्बन्धितलाई सम्मान गरिएको थियो ।