December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

राज कुमार दोङ तामाङ र रश्मी दोङ तामाङको ‘हे मेरी आमा’ सार्वजनिक

625

काठमाडौं । डोल्मो घिसिङ तामाङको प्रस्तुति रहेको ‘हे मेरी आमा’ बोलको गीत बजारमा आएको छ ।

घिसिङको शब्द र संगीत रहेको उक्त गीतलाई उनकै अफिसियल युटुब च्यानल डोल्मो घिसिङ तामाङमार्फत बजारमा ल्याएको हो । बुद्ध स्याङ्बाको संगीत संयोजन, मिक्सिङ र मस्टरिङ रहेको उक्त गीतलाई गायक एंव संगीतकार राज कुमार दोङ तामाङ र गायिका रश्मी दोङ तामाङको आवाज रहेको छ ।

भिडियोमा उनै गायक एंव संगीतकार राजकुमार दोङ र याङगी दोङको अभिनय देख्न सकिन्छ । निशल बस्नेतले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई विकास दाहालले सम्पादन, युवराज वाइबाले निर्देशन, लोमुस पौडेलले सह–निर्देशन गरेका हुन ।

Advertisement