May 24, 2024, Friday
२०८१ जेष्ठ ११
1:37:26 pm

तारा लिम्बु थेबेको ‘लाहुरबाट’ सार्वजनिक

9K

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका तारा लिम्बु थेबेले आफ्नै स्वर, शब्द र संगीतमा ‘लाहुरबाट’ बोलको नयाँ गीतको म्युजिक भिडियो बजारमा ल्याएकी छिन् ।

गीतमा गायिका थेवेलाई ‘भ्वोइस अफ नेपाल’ फेम गायक विकास लिम्बुले गायनमा साथ दिएका छन् । ‘लाहुरबाट’का एरेन्जर उदयराज पौडेल हुन् भने यस गीतमा मिक्सिङ, मास्टरिङ किशोर थापाको रहेको छ ।

गायिका थेबे आफैले लोकप्रिय हाँस्य कलाकार बुद्धि तामाङसंग ‘अनस्क्रिन’ जोडीका रुपमा अभिनय गरेको सो गीतमा गायक विकास लिम्बु र मोडल मेनुका माझीको समेत अभिनय देख्न सकिन्छ ।

Advertisement

थैली ईन्टरटेनमेण्टको प्रस्तुती रहेको उक्त गीतको म्युजिक भिडियो भुपेन्द्र तुम्वाहाम्फेले निर्देशन गरेका हुन् भने भिडियोको छायांकन मज्जाको राई, कोरियोग्राफी राज लावती र सम्पादन अनिल रानाको रहेको छ ।

मखमली म्यजिक नामक युट्युब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतले हाल दर्शकहरुको मन जितिरहेको छ ।