March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

गीतसङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय: उपप्रधानमन्त्री खड्का

1.3K

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीतसङ्गीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताए । मंगलबार ‘रातो टिकी’ साङ्गीतिक श्रव्यदृश्य सार्वजनिक गर्दै उनले गीत–सङ्गीत समाजलाई बदल्ने अस्त्रका रूपमा प्रयोग हुनसक्ने बताएका हुन् ।

सार्वजनिक गरिएको श्रव्यदृश्य हेरेपछि उपप्रधानमन्त्री खड्काले सम्पूर्ण भने, ‘श्रीमानको मृत्यु भएपछि आफ्नो जीवन खुसीले बाँच्न पाउने महिलाको अधिकारलाई श्रव्यदृश्यमा देखाइएको छ । उमेर हुँदै पति गुमाउँदा बाँकी जीवन ती महिलाको उमेर भएको, आफ्नो जीवन आफ्नो खुसीले बाँच्न पाउने हक, आफ्नो जीवन अन्य महिलाको जस्तै गरी बाँच्न पाउने हकबारे प्रष्ट सन्देश श्रव्यदृश्यमा छ । हाम्रो संस्कार, संस्कृति, परम्परा, त्यसले विगतमा छेकबार लगाए पनि अहिले समाज परिवर्तनशील छ, यसलाई श्रव्यदृश्यमा राम्रोसँग देखाइएको छ ।’

उनले मुलुकको पश्चिमी भेगमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रूपमा यस्तो प्रचलन रहेको उल्लेख गर्दै समाजलाई बदल्न जरुरी रहेको जिकिर गरे । श्रव्यदृश्यमार्फत समाजलाई बदल्ने कुरा देखाएकामा उनले सम्पूर्ण समूहलाई आगामी दिनमा पनि यस्तै सन्देशमूलक काम गर्न आग्रह गरे ।

Advertisement

गीतको भिडियोका अभिनेता राजेश हमाल हाल देश बाहिर रहेकाले उनले श्रव्यदृश्यमार्फत सन्देश पठाएका थिए ।