December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

पारिवारिक टेलिसिरियल सीताको प्रशारण शुरु

590

काठमाडौँ । घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ।

सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो।

हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पीडा, महिलामाथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान गरिएको छ ।

Advertisement

सीता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सीताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन् ।

त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । सिरियलमा बालकृष्ण ओली, राजु भुजु, सविता गुरुङ, तारा केसी, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका देख्न सकिन्छ ।