September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

साहित्यकारद्धय माबुहाङ र तुम्बाहाम्फेको सहकार्यमा अर्को कोसेली ‘सम्झना छ है लुङ्मैदेखि’

760

काठमाडौं । साहित्यकार पेसल माबुहाङको गीत ‘सम्झना छ है लुङ्मैदेखि’ दर्शक/श्रोतामाझ आएको छ । स्टुडियो किङ्मा रेकर्ड गरिएको यस गीतको भिडियो युट्युबाट सार्वजनिक गरिएको हो ।

यस गीतमा साहित्यकार तथा संगीतकार संजय तुम्बाहाम्फेले संगीत भरेका छन् । साहित्यकारद्धय माबुहाङ र तुम्बाहाम्फेको सहकार्यमा यसअघि पनि ‘जोर खोली’, ‘सुन फूल्यो तोरी’,‘चोत्लुङ पार्क’, ‘सत्र थुम’ लगायत थुप्रै चर्चित गीतहरु दर्शक तथा स्रोतामाझ आएका छन् ।

यस गीतमा राजु कार्कीको संगीतसंयोजन रहेको भने हिमाली फेवदिन लिम्बुको स्वर रहेको छ ।

Advertisement

भिडियोमा दिनेश राईको छायांकन, शिशिर कुमार साम्पाङको निर्देशन तथा सम्पादन रहेको छ । भिडियो हिमाली च्यानलबाट सार्वजनिक गरिएको हो ।