April 22, 2026, Wednesday
२०८३ बैशाख ९
1:37:26 pm

निरूता सिंहले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसिन्

2.3K

काठमाडौँ । अभिनेत्री निरूता सिंहले मुम्बईका सञ्जीभ गुलाटीसँग लगनगाँठो कसेकी छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गत अगस्ट ३१ मा गुलाटीसँग बिहे गरेको जानकारी दिएकी हुन् ।

‘यतिका वर्षदेखिको एक मात्र प्रश्न, जसको बिना मेरो कुनै पनि अन्तर्वार्ता पूर्ण हुँदैन थियो । त्यो हो ‘निरूता जी बिहे कहिले गर्ने?’ भन्ने प्रश्न । आज त्यसै प्रश्नको जवाफ दिन गइरहेको छु । तपाईंहरूको निरूता सिंहले गत बिहीबार अगस्ट ३१, २०२३ को दिन मुम्बई निवासी श्री संजीभ गुलाटीसँग लगनगाँठो जोडेको छ । हजुरहरू सम्पूर्णको माया अनि आशीर्वादको अपेक्षा गरेको छु,’ उनले फेसबुकमा भनेकी छन्।

Advertisement

दार्जलिङमा जन्मेकी सिंहले नेपाली सिने क्षेत्रमा सन् १९९३ मा फिल्म दक्षिणाबाट डेब्यू गरेकी थिइन्। उनले ५० भन्दा बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी छन् । दर्पण छाया, सिउँदोको सिन्दुर, आफन्त, दौतरी, ठूल्दाइ, नाइँ नभन्नू ल ५ लगायत दर्जनौ हिट चलचित्रमा उनले अभिनय गरेकी छिन् ।