December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

याक्थुङ सांस्कृतिक चलचित्र ‘सुगुप्’को पहिलो पोष्टर सार्वजनिक

435

काठमाडौं । याक्थुङ लिम्बु चलचित्र ‘सुगुप्’ को पहिलो पोष्टर सार्वजनिक भएको छ । चलचित्र केही समयपछि बजारमा आउने भएपछि पहिलो पोष्टरलाई फिल्म युनिटले सञ्जालमार्फत सार्वजनिक गरेको हो ।

लोकेन साँवाको निर्देशनमा बनेको चलचित्रमा शैलेन्द्र कुमार नाल्वो र रविन कुमार नाल्वोको प्रस्तुति एवम् निर्माण रहेको छ । हाल चलचित्रको हाल पोस्ट प्रडक्सनमा काम भइरहेको निर्देशक साँवाले बताए । उनले पहिलो प्रदर्शन हङकङबाट हुने समेत खुलाए ।

चोक्फुङ इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा रीता फोम्वो ठूली, यासेली योङहाङ र सागर केरुङले रचना गरेका गीतहरूमा अशोक कुमार लोहोरुङको सङ्गीत सुन्न सकिन्छ । जसमा गायकगायिकाहरू राजेश पायल राई, अञ्जु पन्त, सुनिता थेगिम मनु नेम्वाङ, सुमन लिम्बु, रुकमान लिम्बु, निरन्ता नेम्वाङ, जीवन केदेमले स्वर दिएका छन् ।

Advertisement

चलचित्रमा प्रेम सुब्बा, मौसम इम्बुङ, बबिता नेयोहाङ लिम्बु, यासेली योङहाङ, सुम्निमा खापुङ, तीर्थ मादेम्बा, मन सोदेम्बा, रुकमान लिम्बु, डम्बर कुमारी पयाङ्गु, नीता लिम्बु, उदय बेघा, मन कुमार योङहाङ, सागर केरुङ, शैलेन्द्र कुमार नाल्वो, रविन कुमार नाल्वो, इन्द्र पङ्धाक, युवराज इस्वो, लिला सेलिङ मावो, दिल माया लाबुङ (नाल्वो), थानाहाङ तिगेला, सीता लिम्बु आशिष थोप्रा, इन्द्र शेर्पा, पन्न्ना आङ्बोले अभिनय गरेका छन् । चलचित्रको छायाङकन युवराज राई(वीर बहादुर), सम्पादन विपीन मल्ल, भेषभूषा युनिक क्रिएसन, निर्माण व्यवस्थापक इन्द्र शेर्पा, श्रङ्गार विजय लामाले गरेका छन् ।

सुगुप चलचित्रमा रोमियन वनेम लिम्बु, एलपी साँवा, मनिसा सुब्बा नाल्वो, सिरि प्रसाद माबो, राम प्रसाद पङ्धाकहरू निर्माता रहेका छन् । पटकथा देवेन्द्र खापुङ सुर्केलीको रहेको फिल्ममा किशोर सम्बाहाङ्फे र विष्णु मोक्तानको द्वन्द्व निर्देशन, कमल राईको नृत्य निर्देशन, राज कुमार आङ्देम्बे र डीबी आङबुङको भाषा एवम् सबटाइटल रहेको छ । मुख्य सहायक निर्देशकमा राजु घिमिरे छन् भने कथा स्वयं निर्देशक साँवाले तयार पारेका हुन् ।