काठमाडौ । लिला सेलिङको शब्द रहेको गीत ‘पिरतीको मुस्कान’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित अभिनेत्री मिरुना मगर र द भ्वाईस अफ नेपाल सिजन ४ का बिजेता गायक करण राई फिचर्ड ‘पिरतीको मुस्कान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
उक्त म्युजिक भिडियोलाई काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो । गीतमा देवेश राईको संगीतसंयोजन तथा मिक्सिङ रहेको छ भने स्वर करण राईकै रहेको छ । लिला र अन्जु सेलिङले निर्माण रहेको यस गीतको भिडियो करण राई युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै साहित्यकार तथा चलचित्रकर्मी उपेन्द्र सुब्बाले करण र गीतको टिमलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा लीलाको बाबा–आमालाई करणले सम्मान गरेका थिए, भने करणलाई निर्माण टिमबाट स्वागत सम्मान गरिएको थियो । कार्यक्रममा लेखक सन्दिप राई र म्युजिक भिडियो निर्देशक हाङ चेम्जोङले पनि शुभकामनाका शब्दहरु बोलेका थिए ।
आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही पुस्तकहरुपनि बजारमा ल्याईसकेकी छिन् । लाहुरेनी पिडा, ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छिन् । केही महिना अगाडी लिला र करणको सहकार्यमा ‘सिमाना’ बोलको गीत पनि आइसकेको छ ।
शानद्धारा निर्देशित म्युजिक भिडियो भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्, भने रोशन विश्वकर्माले कोरियोग्राफी गरेका छन् । सम्पादन सुप्रिम पराजुलीको रहेको छ ।