November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चलचित्र बवाललाई प्रदर्शन रोक्न माग

2.8K

काठमाडौं । व्यवस्थित रूपमा मच्चाइने नरसंहार तथा प्रलयलाई निकै नै हल्का रूपमा प्रस्तुत गरिएको भन्दै चलचित्र बवाललाई प्रदर्शन रोक्न माग गरिएको छ । अनलाइन प्रसारण माध्यम अमेजनलाई यहुदी समुदायले चलचित्र प्रसारण रोक्न पत्राचार गरेको छ ।

यहुदी समुदायको संगठन साइमन सेन्टरले चलचित्रले असह्य पीडा र व्यवस्थित ढंगबाट गरिएको मानवीय नरसंहारलाई चलचित्रले निकै हलुका रुपमा प्रस्तुत गरेको र मजाक उडाएको बताएको छ ।

चलचित्रको भारतमा समेत आलोचना भइरहेको छ । कलाकार तथा निर्देशकहरुले भने आलोचनालाई अनुचित भनेका छन् ।

Advertisement

शुक्रबार प्राइम भिडियोमार्फत सार्वजनिक भएको चलचित्रको समीक्षक तथा दर्शकले आलोचना गरेका हुन् । केन्द्रीय पात्रको प्रेमकथा प्रस्तुतिका लागि नरसंहारलाई मजाक उडाइएको भन्दै आलोचना भएको हो ।

चलचित्रमा एडोल्फ हिट्लरले यहुदीको नरसंहारका लागि प्रयोग गरेको ग्यास च्याम्बरमा अतिनै काल्पनिक दृश्य समावेश छ । चलचित्रमा बरुण धवन र जानवी कपुर केन्द्रीय भूमिकामा छन् । नवविवाहित जोडीका रुपमा रहेका उनीहरु युरोप भ्रमणमा गएका हुन् ।