काठमाडौं । श्रेयसी चेम्जोङको स्वर रहेको ‘आमा मेरी आमा’ गीत सार्वजनिक भएको छ । दिलिप योञ्जन तामाङको शब्द रहेको यस गीतको भिडियो सार्वजनिक भएको छ ।
राजेश थापाको संगीत र राजु कार्कीको एरेन्ज रहेको यस गीतको भिडियो ‘आस्था मिडियो को लिमिटेड’ युट्युब च्यानलबाट सार्वजनिक भएको हो । यस गीतलाई सुरेश राईले रेकर्ड गरेका हुन् ।
आफनो सन्तानको लागि जीवनभर दुःखपीडा नभनी सघर्ष गरेकी आफ्नी स्वर्गीय आमा पासाङ डोल्मी तामाङप्रति समपर्ण गर्दै यस गीत लेखिएको गीतकारले बताउछन् । गीतको भिडियोमा आमाको अभावलाई चित्रण गरिएको छ ।
यस गीतको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।