काठमाडौं । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द भएको छ। कलाकारसमेत रहेका सन्दीप क्षेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रम विवादमा तानिएपछि टेलिभिजनले यस्तो निर्णय लिएको हो ।
सन्दीपले कलाकार पल शाहलाई गत असार २३ गते प्रशारित आफ्नो शोमा छनोट गरिएका पात्रसँगको संवाद संस्थाको सम्पादकीय नीतिविपरीत रहेको टेलिभिजनले जनाएको छ ।
सोहीअनुसार उक्त सामग्री युट्युबबाट हटाइएको भन्दै टेलिभिजनले महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमका उत्पादन र प्रशारण पूर्णत रोकिएको जानकारी गराएको छ ।
नाबालिग बलात्कारको आरोपमा जिल्ला र उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहलाई प्रस्तोता सन्दीपले अतिथिको रुपमा बोलाएका थिए । कार्यक्रममा उनले जेल पर्दाको अनुभव सुनाइरहँदा क्षेत्रीले त्यसलाई मजाक बनाउँदै हाँसेका थिए । बलात्कारजस्तो संवेदनशील विषयलाई राष्ट्रिय टेलिभिजनमा मजाकको विषय बनाइएको भन्दै आलोचना हुँदै आएको छ ।