काठमाडौँ । २०७१ सालमा प्रहरीसँगको मुठभेडमा मारिएका डन दिनेश अधिकारी (चरी)को जीवनीमा फिल्म बन्ने भएको छ ।
चलचित्रमा अभिनेता कोशिश क्षेत्रीलाई फिल्मको प्रस्ताव भएको छ । कोशिशले आफूलाई फिल्मबाट प्रस्ताव आएको जानकारी दिँदै आगामी वर्षभित्रमा निर्माण हुनसक्ने बताए । उनलाई चरीको भूमिकाका लागि प्रस्ताव गरिएको हो ।
फिल्ममा चरीको जन्मदेखि मृत्यसम्म सबै कुरा समेटिने छ । फिल्ममा सम्बन्धित व्यक्तिको राम्रो पक्ष मात्र देखाइने निर्माणपक्षले जनाएको छ ।
चरीले निधनभन्दा केही समय अगाडि लेखक शिवम अधिकारीलाई आफ्नो जीवनीमा फिल्मको कथा लेखिदिन प्रस्ताव गरेका थिए । शिवमले ५० प्रतिशत स्क्रिप्ट पनि लेखिसकेका थिए । तर, स्क्रिप्ट लेखनकै क्रममा चरी विते ।
शिवमका अनुसार, चरीले आफ्नो जीवनीमा बन्ने फिल्मको आफैंले निर्माण गर्न लागेका थिए । उनको त्यो अधुरो सपना अब उनका साथीले पूरा गरिदिने भएका छन् ।