September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

विर्तामोडमा चलचित्र कार्यशाला गोष्ठी सम्पन्न

920

झापा । नेपाल सरकार, संचार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकाश वोर्डको विशेष सहयोगमा श्रीभा सन्चार प्रा. लि र जनचेतना नेपालले झापा जिल्लाको विर्तामोड नगरपालिकामा अवस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा “नेपाली चलचित्रमा पर्या–पर्यटन तथा युवाहरूको भूमिका सम्बन्धि, एकदिने चलचित्र कार्यशाला –२०८०” सम्पन्न भएको छ ।

निर्माता निर्देशक चिरञ्जीवी बस्नेत र निर्देशक बिश्वमणि घिमिरेले चलचित्र कार्यशाला सम्बन्धि औचित्य प्रस्ट पारेका थिए । कार्यक्रममा प्रमूख अतिथि निरौला र विशेष अतिथि शेर बहादुर थापाले आगामी दिनहरुमा चलचित्र सम्बन्धि प्रशिक्षण राख्नुपर्ने र उक्त कार्यको लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

कार्यशालामा उपस्थिति सबैलाई प्रमाणपत्र बितरण गरिएको थियो भने जनचेतना नेपालको निर्माण बालकृष्ण निरौलाको निर्देशन रहेको चलचित्र “यूवा उत्पेरणा”पनि प्रदर्शन गरिएको थयो ।

Advertisement

चलचित्र क्षेत्रसँग सम्बन्धित ८० जना युवाहरूको सहभागितामा सम्पन्न कार्यक्रममा श्रीभा सन्चारका प्रबन्धक निर्देशक गोविन्द कार्कीको सभापतित्वमा सुरु भएको थियो भने प्रमुख अतिथि जनचेतना नेपालका केन्द्रिय अध्यक्ष बालकृष्ण निरौला, विशिस्ट अतिथि, वरिष्ठ चलचित्र निर्देशक निर्माता, चिरञ्जीवी बस्नेत, लेखक निर्देशक विश्वमणि घिमिरे समाजसेवी, दानवीर शेर बहादुर थापा, साना किसान विकास बैकका ईलाका प्रमुख शुभाष गौतम, चन्द्र सूर्य युवा कल्बका अध्यक्ष मेदनी घिमिरे, युवा आवाजका अध्यक्ष सेवन्त पोखरेल, जनचेतना नेपालका कोशी प्रदेश संयोजक, खेमराज अधिकारीलगायत विभिन्न व्यक्तिहरु उपस्थिति रहेको कार्यक्रमको ब्यवस्थापन गोबिन्द कार्कीले गरेका थिए ।

कार्यशाला आयोजनामा श्रीभा सन्चारसँग जनचेतना नेपालले सहकार्य गरी सम्म्पन्न भएको कार्यक्रम जनचेतना नेपालका झापा जिल्ला संयोजक शिवकुमार मैनालीले सञ्चालन गरेका थिए ।