काठमाडौं । अस्मिक खवास र निप्पोन लामाको स्वर रहेको गीत ‘आँखाले’ सार्वजनिक भएको छ । मिरिक दार्जिलिङ निवासी खवास र अस्ट्रियामा बसोबास गर्दै आएका लामाको सहकार्यको यश गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। यस गीतमा शिवराज गुरुङको शब्द/संगीत र राहुल प्रधानको संगीतसंयोजन रहेको छ ।
यस गीतको म्युजिक भिडियोलाई नेपाल र अस्ट्रियामा छायांकन गरिएको छ । नेपालमा नबिन गुरुङले छायांकन गरेका हुन् भने अस्ट्रियामा महेन लिम्बुले छायांकन गरेका हुन्। भिडियोको सम्पादन बिजेश पौडेलले गरेका हुन्।
शेखर लामा निर्माता रहेको गीतको भिडियोमा गायक लामा र गायिका खवास फिचर्ड छन्। यसअघि १२ वर्षको उमेरमा गायक लामाले ‘हे गर्ल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए भने गायिका खवासको यो डेब्यु गीत हो । उनी ‘द भोइस किड्स सिजन २’ मा सहभागी भएकी थिइन्।
भिडियो गायक लामाको युट्युव च्यानल ‘निप्पोन लामा’ मार्फत सार्वजनिक भएको हो।