September 26, 2023, Tuesday
२०८० आश्विन ९
1:37:26 pm

आर्टमाण्डुको पाहुना हजुर सार्वजनिक

845

काठमाडौँ । लिम्बु समुदायको विवाहको प्रक्रियामाथि आर्टमान्डुले बनाएको नयाँ म्युजिकल फिल्म ‘पाहुना हजुर’ सार्वजनिक भएको छ ।

गीतमा बिहेको समय पाहुनाका रूपमा जाने सोल्टिनीसँगको प्रेमप्रसंगलाई प्रस्तुत गरिएको छ । जसमा आशिश महर र सुनिता थेगिमको स्वर रहेको छ भने पालम दीपा सुहाङले गाएकी छन् ।

नवीन चौहान र आशिश महरको शब्द रहेको गीतमा आशिशले संगीत भरेका छन् ।

Advertisement

नवीन चौहानले निर्देशक गरेको गीतको भिडिओमा अनिल सुब्बा, सनाया लिम्बु र विकाश चेम्जोङको अभिनय छ ।

योगेश दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।