February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

दान्भीमार्फत पूजा शर्मा फरक भूमिकामा

2.1K

काठमाडौँ । अभिनेत्री पूजा शर्मा फिल्म ’दान्भी’ मा एक्सन अवतारमा देखिने भएकी छन्।

उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन्। ’प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी’ जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्।

फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय रहनेछ।

Advertisement

फिल्मलाई रूपेश तामाङले निर्देशन गर्नेछन्। उनले यसअघि फिल्म ’जय शम्भु’ निर्देशन गरेका थिए। ’यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं। फिल्मले दर्शकलाई पूर्ण रूपमा मनोरञ्जन दिनेछ,’ उनले भने।

फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ। अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माता छन्। श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन्।