November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

2.2K

उर्लाबारी । गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार २०८० प्रदान गरिने भएको छ ।

शुक्रबार भएको छनौट समितिको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक अजितकुमार धिमालको अध्यक्षतामा बसेको बैठकले गीत, संगीतमार्फत समुदायको पहिचान र धिमाल भाषाको गित, संगीतमा पुर्याउदै आएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिने निर्णय भएको समितिका सदस्य मोहनकुमार धिमालले जानकारी दिए ।

युवाहरुको प्रतिभाको कदर र प्रोत्साहन गर्ने उदेश्यले धिमाल जातीय विकास केन्द्रले सो पुरस्कार प्रदान गर्दै आएको पनि मोहनले बताए ।

Advertisement

केन्द्रीय समितिले हरेक वर्ष असार २ गते जातिरि÷सिरिजात समापन कार्यक्रमको अवसरमा युवा प्रतिभा पुरस्कार प्रदान गरिदै आएको छ । पुरस्कृत मेचिनगर –८ निवासि गायक राजेश धिमाललाई आल्गी धावा, नगद ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ ।