काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को नेपाली हलहरुमा प्रदर्शन सुरु भएको छन् । सुरक्षा त्रासको कारण देखाउँदै शुक्रबार बिहानको प्रदर्शन रोकेका हलहरुले दिउँसोदेखि प्रदर्शन थालेका हुन् ।
फिल्म प्रदर्शनबारे निर्णय लिन शुक्रबार बिहान बसेको चलचित्र संघको बैठकले संयमित भएर फिल्म चलाउने निष्कर्ष निकालेको छ ।
नेपाली सेन्सर बोर्डले ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विवादित संवाद हटाएपछि फिल्मलाई प्रदर्शन अनुमति दिएको थियो । तर, काठमाडौं महानगरका मेयर बालेन शाहले तीन दिनको समय तोक्दै उक्त संवादलाई भारतमा नसच्चाए काठमाडौं महानगर क्षेत्रमा प्रदर्शन अनुमति नदिने बताएका थिए ।
महानगरले आधिकारिक पत्र पनि नपठाएको र मेयरले फेसबुकमा लेख्दैमा आधिकारिक नहुने भन्दै फिल्म प्रदर्शन गर्ने निर्णय संघले गरेको बताइएइको छ ।