काठमाडौँ । मिस मगर इन्टरनेशनल पहिलो सिजनको उपाधि प्रतिमा आलेमगरले चुमेकी छिन् । नेपाल प्रज्ञा भवन कमलादीमा आयोजित अन्तिम प्रतिस्पर्धामा १२ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सो उपाधि पाएकी हुन् ।
मगरले शीर्ष उपाधिका साथमा नगद चार लाख रुपैयाँ, सिटिजन लाइफ इन्सुरेन्सको तर्फबाट पाँच लाख रुपैयाँबराबरको जीवन बीमा प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा स्मृति ठाडामगर फस्र्ट रनरअप र क्लिया थापामगर सेकेण्ड रनर अप भएका छन् । उनीहरूले क्रमशः दुई लाख र एक लाख रुपैंयाँसहित पाँच लाख रुपैयाँबराबरको जीवन बीमा प्राप्त गरेका छन् ।
प्रतियोगिताको निर्णयकमा पूर्वमिस नेपाल माल्भिका सुब्बा, अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रीना थापामगर, हिमाल राना, संजोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र श्रीस मगर रहनुभएको थियो ।