November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

‘मनसँग मन’मा पल र पुजा

4.3K

लकडाउन अगाडि नै छायांकन सुरु भएको फिल्म ‘मनसँग मन’को एक गीतको छायांकन काठमाण्डौमा गरिएको छ । बालाजु ल्याबमा सेट लगाएर ‘मेरो त भाग्य’ बोलको गीतको छायांकन गरिएको हो ।

गीतमा डेभिड शंकर र भावना राइको स्वर, दिपक शर्माको संगीत तथा विपिन किरणको शब्द छ । भिडियोमा फिल्मका मुख्य कलाकारहरु पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ भने पल शाह र नायिका पूजा शर्माको साथमा हाँस्य कलाकार रविन्द्र झा अतिथीको रुपमा देखिदैछन् ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको फिल्ममा कैलाश राइको निर्देशन र अरुण तामाङको लगानी छ । सौरभ लामाले छायांकन गरिरहेका छन् भने अर्जुन जीसीको सम्पादन, सन्तोष खवासको एक्सन छ ।

Advertisement