November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

गीतकार मदन माबोको ‘जिन्दगीमा फगत रित्तो’ सार्वजनिक

3.1K

काठमाडौं । गीतकार मदन माबोको नयाँ गीत ‘जिन्दगीमा फगत रित्तो’ सार्वजनिक भएको छ । यस गीत ‘एकान्त आङ्देम्बे युट्युब च्यानल’ बाट सार्वजनिक भएको हो ।

मदन माबोको शब्दमा अहिलेका आधुनिक सङ्गीतमा चर्चाको शिखर चुम्दै गरेका सङ्गीतकार एकान्त आङदेम्बेले लय भरेका छन् भने स्वर चर्चित गायिका विनुसा राईको रहेको छ । देबेश राईको संगीत संयोजन रहेको यस गीत सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङले रेकर्ड, मिक्सिङ, मास्टरिङ गरेका हुन् । यस भिडियो चित्रमिडियाले तयार पारेको हो ।

पाँचथर थर्पुका गीतकार मदन माबोले तीन दशकदेखि गीतसंगीत क्षेत्रमा योगदान दिइरहेका छन् । सिङ्गापुर प्रहरीबाट अवकास प्राप्त गरेका उनल दुईवटा गीति एल्बम, एक गीतसंग्रह र ६० को हाराहारीमा फुटकर गीतहरु रेकड गराई सकेका छन् । उनी अहिले अर्को गीती एल्बम र संग्रह प्रकाशनको तयारीमा छन् ।

Advertisement