काठमाडौं । विशेष गरी काँठे लोकलयलाई टिपेर जनजिब्रोमा छपक्कै बस्ने गीत गाउँदै आएका गायक जीतबहादुर खड्काको नयाँ गीत ‘सुन्न पाए मायाले बोलेको, शीतल हुन्थ्यो मनको घाउ पोलेको’ गीत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो युटुबबाट सार्वजनिक भएको हो ।
युगल गीतमा गायक खड्कालाई गायिका सोनु सिंहले साथ दिएकी छन् । गणेश चौलागाईंको शब्दमा गायक खड्का स्वयंले संगीत दिएका छन् । गीतमा विष्णु तामाङको एरेन्ज रहेको छ । भिडियो मिलन श्रेष्ठले निर्देशन गरेका छन् ।
भिडियोमा राजाराम सिंखडाको कोरियोग्राफी रहेको छ भने प्रकाश तामाङ ‘राज’, निहारिका थापा, शरण हुँमागाईं र सुनिता कालिकोटेको अभिनय रहेको छ ।