काठमाडौं । पाःलाम ‘थिक्काप्ला’ सार्वजनिक भएको छ । राजु आङ्देम्बे र सरुना लिम्बुको स्वर रहेको पाःलामको भिडियो सिमिक्लुङ युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
युके निवासी समाजसेवी तथा गीतकार सुवर्ण नेम्बाङको शब्द रहेको यस पाःलामको लय संकलन सरुना लिम्बुले गरेकी हुन् ।
पाःलामको भिडियोको निर्देशन इन्द्र सुशील लिम्बुले गरेको हुन् भने छायांकन तथा सम्पादन शिरकुमार साम्पाङले गरेका हुन् । यस्तै श्रृङ्गार महेश सिग्देलले गरेका हुन् ।
भिडियोमा शेरकुमार तिल्लिङ चोङबाङ, शान्ति शेरेङ चोङ्बाङ्, बुद्धराज फोम्बो, इन्द्रकुमारी ओख्राबो फोम्बो, भक्त तिल्लिङ चोङ्बाङ, बिमल तिल्लिङ चोङ्बाङ, शशिकला मादेन तिल्लिङ चोङ्बाङ्, मुछेबुङ्गे जेठा, सर्मिला देवान, बिना हुक्पा चोङ्बाङ र कर्ण सम्बाफम्फेलाई देख्न सकिन्छ ।