काठमाडौँ । सामना फिल्मस् प्रालिद्वारा निर्मित “काँडेतार” खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित निर्मित चलचित्रका सम्वाद र दृश्यहरु सेन्सर बोर्डले आपत्ती जनाएको छ ।
जसलाई थप छलफल गर्नु पर्छ भन्दै सेन्सर सर्टिफिकेट नदिएको निर्माता, निर्देशक नवल खड्काले जानकारी दिएका छन् ।
“सेन्सर बोर्डसँगको अनौपचारिक, औपचारिक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न मैले अनुरोध गरेको छु । आशा छ, सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझी “काँडेतार” चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिनेछ भन्नेमा हामी आशावादी छौ’। नदिएको खण्डमा न्यायका खातिर अदालत जाने ,जनता, दर्शक साथ, सहयोग माग्ने, लिने अधिकार हामीमा सुरक्षित छ र हामी कुनैपनि दृश्य वा सम्वादहरू नकाटिकनै जस्ताको त्यस्तै दर्शक सामु पु¥याउनेछौ ।” निर्माता, निर्देशक र नायक नवल खड्काले बताए ’
नवल खड्काका प्रायः सबै चलचित्रहरु देशभक्तिपूर्ण र परिवर्तनका लागि बनेका छन्। आवाज, दशगजा, भीमदत्त निर्माण तथा निर्देशन गरिसकेका उनले ती चलचित्रहरुको सेन्सरका क्रममा विभिन्न झमेला बेहोर्नु परेको थियो ।
शिवम् अधिकारी र नवल खड्काको लेखन रहेकोे काँडेतार चलचित्रका निर्माता माकिको राई र अन्जु केसी रहेका छन् । कार्यकारी निर्माता गायिका सत्यकला राई रहेको चलचित्रमा सहनिर्माता रोमियन लिम्बू, बिमला कट्टेल, डा. अमित विश्वास, राजेन्द्र भगत, पन्नालाल सिक्दार, दिनेश कुमार राय, नादिया खड्का र सनया खड्का रहेका छन् ।
श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन, मणि थापा र दिपक शर्माको सगीत, बन्दे प्रसाद र तारा थापा (किम्भे) को सम्पादन रहेको छ भने कलाकारहरूमा– नवल खडका, गौरव पहाडी, सुरविना कार्की, रेविका गुरूङ्ग, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा, सञ्जय खतिवडा, पुष्प श्रेष्ठ, रोमियन लिम्बू, केशव रायामाझी, राजेन्द्र भगत, पर्शुराम चौधरी, पन्नालाल सिक्दार, महेश गिरि, खेम नेपाली, राम विश्वास र बालकलाकार नादिया खडका र सनया खडका रहेका छन् ।