November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

चाँडै प्रर्दशनमा आउँदै चलचित्र ‘काँडेतार’

9.3K

काठमाडौँ । चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक भएको छ । राजेश पायल राई र सत्यकला राईको आवाज रहेको उक्त गीत शनिबार ओएसआर युटुयुब च्यानलबाट सार्वजनिक भएको हो । राष्ट्रिय भावले ओतप्रोत यस गीतको शब्द मिलन कान्छा किँरात र संगीत मनी थापाको रहेको छ ।

चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका वरिष्ठ कलाकार नवल खड्काको पटकथा तथा निर्देशन रहेको यस चलचित्र देशको सिमाना जोगाउने अभियान स्वरूप निर्माण गरिएको निर्माण पक्षको दाबी छ । खड्काले यसअघि ‘आवाज’, ‘दशगजा’, ‘भीमदत्त’, ‘क्रान्ति’, ‘गुन्यु चोली माया बसेछ’ लगायत चलचित्र निर्माण गरेका थिए । राष्ट्रियतामाथि बनेका यि सबै चलचित्रहरुले राम्रै व्यापार गरेको थियो ।

चलचित्र काँडेतारको निर्माता सत्यकला राई, माकीको राई र अन्जु केसी हुन् भने रोमियन लिम्बु, डा. विश्वास, विमला कट्टेल, नदिया खड्का, शानिया खड्का यस चलचित्रका सहनिर्माता हुन् । यस चलचित्रको मुख्य भूमिकामा नवल खड्का, गौरब पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलिधरन, प्रेम सुब्बा, सञ्जल खतिवडा, रोमियन लिम्बु, पुष्पा श्रेष्ठ, रवी शाह रहेका छन् । यस्तै, केशव रायमाझी, महेश गिरी, ज्ञानेन्द्र कोइराला, पर्शुराम चौधरी, पन्नलाल सिग्दर, रितु चौधरी, प्रेम कार्की, राजेन्द्र भगत, खेम नेपाली, अन्जु केसी, प्रतीक श्रेष्ठ, छबि बैरागी घिमिरे, मातृका घिमिरे, राम विश्वास लगायतको जीवन्त अभिनय रहेको छ । यस्तै, बालकलाकारमा नदिया खड्का र शानिया खड्काको अभिनय रहेको छ ।

Advertisement

चलचित्रका गीतहरुमा दिपक शर्मा, मिलन कान्छा किराती र नवल खड्को शब्द रहको छ भने राजेश पायल राई, जे पापी, सत्यकला राई र विक्रम राईको स्वर रहेको छ । यस्तै, संगीत भने मनि थापा र दिपक शर्माको रहेको छ ।

बन्दे प्रसाद र तारा थापाको सम्पादन रहेको यस चलचित्र केहिदिनमै चलचित्र सेन्सरमा जाने, र सेन्सर पास भएलगत्तै प्रदर्शन मिति तोकिने निर्माण परिवारले जनाएको छ ।