काठमाडौं । गीतकार तथा गायक वाङ्दी शेर्पाको गीत ‘भोजपुर बजारमा’ सार्वजनिक भएको छ । अशोक मुकारुङको संगीत रहेको यस गीको शब्द तथा स्वर शेर्पाकै रहेको छ ।
पुर्वेली लोकभाकामा आधारित यस गीतको स्टुडियो भिडियो सार्वजनिक भएको हो । सेवा स्टुडियोमा योगेन मुकारुङद्धारा रेकर्ड गरिएको यस गीतको संयोजन राजु कार्कीले गरेका हुन् ।
भिडियो छायाङ्कन तथा सम्पादन जीवन मुकारुङले गरेका हुन् । भिडियो ‘सेवा इन्टरटेन्मेन्ट’ युट्युब च्यानलबाट सार्वजनिक गरएको हो ।
समाजसेवीसमेत रहेका शेर्पाको यो दोस्रो गीत हो । यसअघि उनले ‘धेरै चोटी तिम्रो यादमा’ बोलको गीत सर्वाजनिक गरेका थिए । शेर्पा लामो समयदेखि अमेरिकाको न्युर्योकमा बस्दै आइरहेका छन् ।