पोखरा । मुनाल फिल्म प्रालिको व्यानरमा निर्माण गरिएको गुरुङ भाषाको चलचित्र ह्युलन छ्याँबा हङकङमा प्रदर्शन हुने भएको छ ।
आउँदो मे ७ मा याउ मा तेई कम्युनिटी हल हङकङमा भव्य प्रदर्शन हुन गैरहेको कुरा हङकङका दुर्गा घोताने गुरुङले जानकारी गराएका छन् ।
ओमप्रकाश गुरुङको लेखन सम्पादन, निर्देशनमा तयार भएको चलचित्रलाई भीम गुरुङ र कुबिना गुरुङले निर्माण गरेका हुन् ।
भीम गुरुङ, कृष्टि गुरुङ, धनबहादुर गुरुङ, विवेक गुरुङ, गजेन्द्र गुरुङ, सीतादेवी गुरुङ, सविना गुरुङ, प्रीति गुरुङ, खिमकुमारी गुरुङ आदि कलाकारले अभिनय गरेको चलचित्रको नेपाली भावार्थ देशै राम्रो भन्ने हुन्छ ।