काठमाडौं । याक्खा भाषा तथा संस्कारसंस्कृतिमा आधारित गीतको म्युजिक भिडियो ‘जेप्पा’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा एक कार्यक्रमको आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो ।
साहित्यकार हेनसेन याक्खाको शब्द रहेको यस गीतका संगीतकार प्राज्ञ राजन मुकारुङ हुन् । यस गीतमा राजेश पायल राई र सीता सिंगकको स्वर दिएका छन् । साहित्यकार तथा प्राज्ञ राजन मुकारुङको प्रमुख आतिथ्यता र अभिनेता दयाहाङ राई विशेष आतिथ्यतामा यस गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियोबारे बोल्दै कार्यक्रमका प्रमुख अतिथि राजन मुकारुङले गीतको शब्दहरू पढ्ने क्रममा ‘जेप्पा’ शब्दबाट आफू प्रभावित भएपछि संगीत भरेको बताए । यस्तै, युवा पुस्ताका सनम याम्खाद्धारा निर्देशित यस भिडियो हेरिसकेपछि अब नयाँ पुस्ताको उदय हुन सक्ने आशासमेत व्यक्त गरेका थिए ।
यसै गरी भि विशेष अतिथि दयाहाङ राईले यस भिडियोमा माया प्रेमको मात्र नभएर याक्खा जातीको पहिचान बोकेको ‘फोप्मा’को महत्वबारे प्रष्ट पारे । उनले आफ्नो समुदायमा भएको सिपको सम्र्बद्धन र प्रबर्द्धन गर्ने सन्देश यस गीत तथा भिडियोमा पाउन सकिने बताए ।
कार्यक्रमकी अध्यक्ष गीतकार हेनसेन याक्खाले थोरै भएपनी आफ्नो समुदायको भेषभुषा, भाषा संस्कारको संरक्षणमा टेवा पु¥याउने अपेक्षासहित यस गीतको सिर्जना गरेको बताइन् । याक्खा भाषा जेप्पाको अर्थ वाचा÷कसम हुन आउने प्रष्ट्याउदै यस गीतमा याक्खा जातीका समुदायहरु वसोवास गर्ने स्थानहरु उल्लेख गरिएको बताइन् ।
यस गीतको भिडियोलाई गरी संखुवासभा र तेह्रथुमको संगमस्थल तीनजुरेका रमणीय पर्यटकीय स्थलहरुमा छायांकन गरिएको छ । याक्खा जातीको पहिचानको रुपमा रहेको ‘फोप्मा’ (बर्की/पछ्यौरी) को महत्वसँगै माया प्रेमको कथा वस्तुलाई यस भिडियोमा प्रस्तुत गरिएको छ ।
भिडियोको निर्देशन युवा निर्देशक सनम याक्खाले गरेका हुन् भने छायांकन भोगेन्द्र याम्फुले गरेका हुन् । भिडियोमा हालकी चर्चित मोडल अनुशा राई, टी.बी. याक्खा, हेनसेन याक्खा र जीवन याक्खा लगायतका कलाकारहरुलाई देख्न सकिन्छ । यस्तै, गीतको संगीत संयोजन विषम आचार्य, रेकडिस्ट मुस्कान मुकारुङ र योगेन मुकारुङ राई, भिडियोको श्रृङ्गार अशोक मण्डल र नृत्य डि ग्यालेक्सी क्रिउको रहेको छ ।
पत्रकार तथा युटुवर विश्व लिम्बुले संचालन गरेको उक्त भिडियो सार्वजनिक कार्यक्रममा किरात याक्खा छुम्माका केन्द्रीय अध्यक्ष लिलबहादुर रोगु, उपमहासचिव सोनाम याक्खा, आदिवासी जनजाति चलचित्र प्रदेश नं.१ का अध्यक्ष ज्योतिराज राई, निर्देशक किरण चाम्लिङ, गायक विकास लिम्बु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
