सिनेमाघरमा रिलीज भएको दिवंगत सुशांत सिंह राजपूतको अन्तिम फिल्म ‘छिछोरे’ हालै ५१औं इन्टरनेशनल फिल्म फेस्टिवल अफ इण्डिया (IFFI) मा स्क्रीनिंगको लागि चुनिएको छ । फिल्मको यो सफलतामा सुशांतकी को-एक्ट्रेस रहेकी श्रद्धा कपूर भावुक बनिन् ।
बलीवुड हंगामाले लेखेको छ, ‘श्रद्धा खुशी छन्, किनकी यो फिल्म उनको को-एक्टरको मिठो याद हो, जुन फेस्टिवलमा हेर्न पाईने छ । अर्को तर्फ श्रद्धा भावुक बनेकी छन् किनकी यो खुशीमा शुसांत सहभागि हुँदैनन् । श्रद्धाले सँधै फिल्मको सेटमा शुसांतसँग बिताएका पलहरु याद गर्ने गर्छिन्’ ।
नीतेश तिवारीको निर्देशनमा बनेको ‘छिछोरे’ ६ सेप्टेम्बर २०१९ मा सिनेमाघरमा रिलीज भएको थियो । फिल्ममा सुशांत र श्रद्धाले पति-पत्नीको भूमिका निभाएका थिए ।