November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

‘मिस लिम्बू’ पाँचौं संस्करणका लागि १३ जना छनोट

2.7K

काठमाडौं । ‘मिस लिम्बू’को पाँचौं संस्करणका लागि १३ जना छनोट भएका छन् । आइतबार काठमाडौंको अनामनगरमा सम्पन्न अडिसनबाट १३ जना छनोट भएका हुन् ।

काठमाडौं अडिसनबाट फुङ्निमा योङ्हाङ (पाँचथर) साम्माङ थाम्सुहाङ (पाँचथर), एलिना तुम्बापो (बिर्तामोड झापा), ममता आङ्बो (पाँचथर) गंगा सेम्बु लिम्बू (ताप्लेजुङ) निरुता लिम्बू (तेह्रथुम) अस्मिता मादेन (ताप्लेजुङ), जमुना सेम्बु लिम्बू (ताप्लेजुङ) र सुस्मा इम्सोङ लिम्बू (तेह्रथुम) छनोट भएका छन् ।

त्यस्तै, डिजिटल अडिसनमार्फत चार जना छनोट भएको आयोजक याक्थुङ युथ एशोसिएसन (वाईवाईए) जनाएको छ । मुन नाल्बो (सिक्किम), कल्पना लिङ्खिम (ताप्लेजुङ), याङ्चुली खापुङ, (तेह्रथुम) र सुम्निमा खापुङ (तेह्रथुम) डिजिटल अडिसनमार्फत छनोट भएका हुन् ।

Advertisement

काठमाडौं अडिसनमा निर्णायकहरू कोरियोग्राफर जयन सुब्बा मानन्धर, गायक डम्बर नेपाली, वाईवाईएका सल्लाहकार आशा नेम्बाङ, नेपाल पत्रकार महासघ काठमाडौं शाखाका अध्यक्ष सुर्य सुवेदी, छाँयाकार एवं निर्देश्क भुपेन्द्र तुम्बाहाङ्फे, मिस लिम्बू–२०१५ विष्णु चेम्जोङ र तेह्रथुमे ढाका बुटिककी सञ्चालक निर्मला आङ्बुङ रहेका थिए ।

यसअघि धरान अडिसनबाट १४ जना छनोट भइसकेका छन् । धरान र काठमाडौं अडिसन गरी ‘सम्मान मिस लिम्बू–२०७९’मा २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणकोसमेत अवसर दिइनेछ । त्यस्तै, फस्ट रनर्सअपले एक लाख र सेकेन्ड रनर्सअप विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

‘सम्मान मिस लिम्बू–२०७९’को ग्राण्डफिनाले आगामी चैत ११ गते शनिबार काठमाडौंको नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न हुने आयोजकले जनाएको छ ।