काठमाडौं । लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र ‘सुनौली रुपौली’ चलचित्र बन्ने भएको छ । चलचित्र निर्माण गर्न मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको हो ।
याक्थुङ फिल्म्स प्रालिले निर्माण गर्न लागेको चलचित्रको स्कृप्ट सागर केरुङ्ले लेखेका हुन् भने हाङ चेम्जोङ्ले निर्देशन गर्ने भएका छन् ।
चलचित्रको निर्माता हाङ चेम्जोङ, भिम तुम्बाहाम्फे र पूर्णबहादुर सेलिङ रहेका छन् । छोरीचेलीको हक, अधिकार, संरक्षण र सम्र्बद्धनका लागि हारेक माइतीले लिने रीत सुनौली रुपौलीको विषयमा बन्न लागेको सागर केरुङले जानकारी दिए ।
चलचित्रको छायांकन आगामी फागुन १५ देखि गरिने भएको छ । चलचित्रमा भीमप्रसाद तुम्बाफाम्फे, सुक्मिता केरुङ, पुर्णबहादुर सेलिङ, सागर केरुङको अभिनय रहने र केही कलाकारहरु छनौट गर्न बाँकी रहेको निर्देशक चेम्जोङले बताए ।
