November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पुर्वेली लोकभाकामा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक

२०७८ कार्तिक १४

4.2K

ललितपुर । निर्देशक लोकेन साँबा लिम्बूको छायाँकन तथा निर्देशनमा पुर्वेली लोकभाकामा नयाँ गीत म्युजिक भिडियोमा सार्वजनिक भएको छ ।

‘पुजाको’ बोल रहेको म्युजिक भिडियोमा उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुव्वा(आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको गीत ‘पुजाको’ भिडियो युमा आर्टस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

खगेन्द्र कुमार लिम्बूको शव्द तथा संगीतमा सजिएको गीतमा खगेन्द्र यक्सो, सुस्मा लिम्बू लिबाङ, ओम कुरुम्बाङ र दीपा सुहाङको सुमधुर स्वर रहेको छ ।

Advertisement

टेकेन्द्र यक्सोको संगीत संयोजनमा घटिका पयाङगु र लक्षमण चोङबाङको पालाम साम्लो समेत रहेको गीतको भिडियोमा समर लामाको मेकअप तथा सिक्वेन्स फेसन हाउस, माङगेन्ना ढाका पसलको पहिरन रहेको छ ।

एल्वम ‘मेरो रहर’ मा समावेश गरिएको भिडियोलाई ओम कुरुम्बाङले निर्माण गरेका हुन् भने सम्पादन विकास दहालले गरेका हुन् ।