November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मच्छेनारायण दिपावली साँझ २०७८ हुने

२०७८ कार्तिक १४

2.4K

काठमाण्डौं । नेपालीहरुको महान चाड दिपावलीको शुभ अवसरमा मच्छेनारायण दिपावली सांझ हुने भएको छ ।

एमआरएस जादु इन्टरटेण्टमेन्टको प्रस्तुतिमा रवि अधिकारी र राजु थापाको संयुक्त आयोजनामा यही कार्तिक १६ गते किर्तिपुरको मच्छेगांउको चम्पादेवी बसपार्क, अधिकारी टोलमा दिनको ११ बजे देखि हुन लागेको कार्यक्रममा १०० भन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताईएको छ ।

आफ्नो कला, संस्कृतिको सम्मान, जगेर्ना गर्नुपर्छ भन्ने मुल उद्देश्यका साथ नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको कार्यक्रममा १०० भन्दा बढी राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुतिसंगै शुभकामना आदानप्रदान कार्यक्रम, कलाकार, समाजसेवीलाई सम्मान तथा जलपान कार्यकम पनि समावेश रहेको कुरा आयोजकद्वय रवि अधिकारी तथा राजु थापाले जानकारी गराए ।

Advertisement

कायक्रममा चर्चित गायकहरु हरी कर्माचार्य, रवि रिमाल, कमल खत्री, सपन श्रेष्ठ, नवराज घोरासैनी, प्रकाश कटुवाल, कर्णराज गिरी, गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ, राजेश विष्ट, मञ्जु गौतम, रुबिसा श्रेष्ठ, सबिता थापा, एलिसा श्रेष्ठ लगायतको प्रस्तुति रहेन आयोजकले बताए ।

कार्यक्रमलाई काष्ठमण्डप टेलिभिजन र मेरो एम टिभी युट्युब च्यानलले प्रत्यक्ष प्रसारण गर्नेछ भने कार्यक्रम सञ्चालन सञ्चारकर्मी राधा रिमाल र गायक तथा प्रस्तोता रमेश श्रेष्ठ मेलोडी, गायक तथा सञ्चारकर्मी सुमन कुमार श्रेष्ठ तथा चर्चित हास्य कलाकार तथा महादेव त्रिपाठीले गर्ने छन् ।