June 17, 2025, Tuesday
२०८२ असार ४
1:37:26 pm

पञ्च लिम्बूको ‘संसारको सारा खुशी’ सार्वजनिक

2.7K

काठमाडौँ । मोडल पञ्च लिम्बूको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर नेपाली गीत संगीत तथा म्युजिक भिडियो उत्पानमा सक्रिय रहेकी पञ्च लिम्बूको ‘संसारको सारा खुशी’ बोलको गीत सार्वजनिक भएको हो ।

बाबु बोगटीको रचना र संगीत रहेको गीतलाई बाबु र मिलन नेवारले गाएका हुन् । नोर्बु छिरिङको एरेन्ज रहेको छ ।

गीतको भिडियो इश्वर थापाले निर्देशन गरेका हुन् । थापाले छायांकन, सम्पादनसमेत आफैँ गरेका हुन् । भिडियोमा पञ्च र कुमारले अभिनय गरेका छन् ।

Advertisement

भिडियो सेवारो म्यूजिकमार्फत हेर्न र सुन्न सकिन्छ ।