November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

मनोज गजुरेल विवाह बन्धनमा बाँधिए

4.4K

काठमाडौं : हास्यकलाकार मनोज गजुरेल विवाह गरेका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको हुन्।

उनले सामाजिक संजाल मार्फत भनेका छन्‚ ‘नयाँ जीवन सुरु गरियो । सबैलाई बडादशैंकाे मेराे शुभकामना। मैले पनि नयाँ जीवनको शुभकामना पाउँछु भन्ने आशा छ।’

उनीहरुले आजै भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्। मञ्जु पनि एकल महिला रहेको मनोजले बताएका छन्‚ ‘एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं।’

Advertisement

मनोजले चार वर्षअघि मीना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए।