November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सलमान, अक्षय कुमारसहितका ३८ बलिउड कलाकारविरुद्ध मुद्दा दायर

2.6K

काठमाडौं-भारतको दिल्लीका एक वकिल गौरव गुलाटीले भारतीय कलाकारिता क्षेत्रका ३८ जना हस्तीहरुविरुद्ध मुद्दा हालेका छन्।

अजय देवगन, अक्षय कुमार, रकुल प्रित सिंह, सलमान खान, अनुपम खेर, फरहान अख्तरलगायत ३८ जनाविरुद्ध मुद्दा हालिएको हो। सन् २०१९ मा हैदरावादमा भएको बलात्कार र हत्याको घट्नासँग जोडिएर उनीहरुमाथि मुद्दा दायर गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

२०१९ मा हैदरावादमा  चार पुरुषले एक युवतीको बलात्कारपछि जिउँदै जलाएर निर्मम हत्या गरेका थिए। त्यो बेला दोषीलाई कारबाही हुनुपर्ने मागसँगै ती युवतीमाथि भएको अपराधलाई लिएर थुप्रैले सामाजिक सञ्जालमार्फत समवेदना प्रकट गरेका थिए। ती युवतीमाथि भएको घट्नामा उनको नामसँगै फोटो लगायतका व्यक्तिगत जानकारीलाई सामाजिक सञ्जालमा राख्दै सामान्य व्यक्तिदेखि भारतीयकला क्षेत्रमा संलग्न थुप्रैले दुःख व्यक्त गरेका थिए।

Advertisement

सो घट्नामा सामाजिक सञ्जालमार्फत पीडितको वास्तविक परिचयलाई बाहिर ल्याएको भन्दै भारतीय कलाकारहरुविरुद्ध मुद्दा दायर भएको हो। बलात्कारपछि हत्या भएकी युवतीको नाम, तस्बिरलगायतका व्यक्तिगत जानकारी सार्वजनिक गरिएकोभन्दा उनीहरुमाथि वकिल गुलाटीले मुद्दा दायर गरेका हुन्। 

यी कलाकारहरुविरुद्ध दिल्लीस्थित सब्जी मण्डी प्रहरी स्टेसनमा भारतीय कानुनको अइपीसी धारा २२८ ‘ए’ अन्तर्गत उजुरी दार्ता गरिएको छ भने तिस हजारी ‍अदालतमा पनि मुद्दा दर्ता गरिएको छ।