November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

थडमको हिन्दी रिमेकमा आदित्य र मृणाल ठाकुरको जोडी

2.7K

काठमाडौं– बलिउडमा धेरै पहिलेदेखि नै दक्षिण भारतीय फिल्मको रिमेक बनाइँदै आएको छ। ‘कविर सिंह’, ‘दृश्यम’, ‘जर्सी’जस्ता चर्चित दक्षिण भारतीय फिल्मले हिन्दीमा रिमेक पाइसकेका छन्। हाल अर्को दक्षिण भारतीय फिल्म ‘थडम’को रिमेकको घोषणा भएको छ।

तामिल भाषाको सुपरहिट फिल्म ‘थडम’को हिन्दी रिमेकमा भारतीय अभिनेता आदित्य रोय कपुर र मृणाल ठाकुरले अभिनय गर्ने भएका छन्। मृणालले आफ्नो सामाजिक सञ्जालमार्फत फिल्ममा सम्भौता भएको जानकारी दिएकी छिन्।

दक्षिण भारतमा निकै चर्चित फिल्म ‘थडम’लाई हिन्दीमा ‘तडम’ नाममा निर्माण गरिँदै छ। सत्य घटनामा आधारित भएको दाबी गरिने यो एक्सन–थ्रिलर फिल्मको हिन्दी रिमेकलाई भूषण कुमार र मुराद खेतानीले निर्माण गरेका छन्। फिल्मलाई निर्देशन वर्धन केतकरले गर्नेछन्।

Advertisement