May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

चार वर्षपछि हलिउडमा दीपिका

3.3K

काठमाडौं- सन् २०१७ मा ‘एक्सएक्सएक्सः रिर्टन अफ जेन्डर केज’ फिल्ममार्फत हलिउडमा डेब्यू गरेपछि अभिनेत्री दीपिका पादुकोणले अन्य हलिउड फिल्ममा अभिनय गरेकी थिइनन्।

चार वर्षसम्म हलिउडबाट टाढा रहेर हिन्दी फिल्ममै देखिएकी दीपिका फेरि हलिउड फिल्ममा देखिने भएकी छिन्। दीपिकाले निर्माण कम्पनी ‘एसटिएक्स फिल्म’ले निर्माण गर्न लागेको फिल्ममा अभिनय गर्ने भएकी हुन्।

निर्माण कम्पनीले सोमबार दीपिकाले आफूले बनाउन लागेको फिल्ममा अभिनय गर्ने सम्झौता भएको सार्वजनिक गरेको थियो। कम्पनीका प्रमुख एडेम फोगेलसनकाअनुसार फिल्मको कथा दीपिकाकै वरपरि रहेर निर्माण गरिने छ। विभिन्न क्षेत्रको संस्कृतिमा आधारित रहेर बन्न लागेको फिल्ममा रोम्यान्टिक कथालाई प्रस्तुत गरिदैं छ।

Advertisement

‘भारतबाट विश्वव्यापी रुपमा चिनिने कलाकारमध्ये दीपिका पनि एक हुन्,’ कम्पनीले फिल्मबारे जानकारी दिदैं भनेको छ, ‘राष्ट्रियसँगै अन्तराष्ट्रिय रुपमा उनी उत्तिकै सफल छिन्। उनकै कथामा आधारित रहेर भारत र न्युयोर्कमा खिच्ने गरि हामीले फिल्म बनाउँदै छौं।’

दीपिकाले पनि आफू यो कामको लागि उत्साहित भएकाले प्रभावशाली छाप छाड्ने गरि अभिनय गर्ने बताएकी छिन्। हाल शाहरुख खानसँगै ‘पठान’ फिल्मको अभिनयमा व्यस्त रहेकी दिपीकाले आफ्नो दोस्रो हलिउड फिल्मबाट धेरै आशा गरेको बताएकी छिन्। हालसम्म दीपिकाले गर्ने फिल्मको नाम सार्वजनिक गरिएको छैन्।