January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

‘कमेडी च्याम्पियन’: चर्चामा भरतमणिको ‘पारस’ अवतार

3.7K

काठमाडौं– रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेका भरतमणि पौडेलको पछिल्लो अवतार निकै चर्चामा आएको छ। शनिबार प्रसारण भएको कार्यक्रममा भरतमणिले पूर्व युवराज पारस शाहको अवतारमा आफूलाई प्रस्तुत गरेका थिए। उक्त अवतार अहिले सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ।

कार्यक्रमको ट्रेलर सार्वजनिक भएदेखि नै पारस अवतारमा देखिएका पौडेलको चर्चा चुलिएको थियो। शनिबार कार्यक्रम प्रसारण भएपछि त झन् उनको अवतारलाई निकै रुचाइएको छ।

हाल युट्युबको ट्रेन्डिङ नम्बर दुईमा रहेको कार्यक्रममा भरतमणिले पूर्व युवराज पारसको बोलीको नक्कल गर्दै निर्णायकहरुमाथि कटाक्ष गरेका छन्। सँगै पछिल्लो पटक हेलमेट नलगाएको विवादमा आएका पूर्व युवराजको विषयवस्तुलाई पनि उनले समेटेका छन्।

Advertisement

भरतमणिको यो प्रस्तुतिलाई दर्शकले जस्तै निर्णायकले पनि उत्तिकै मन पराएका थिए। यो प्रस्तुतिसँगै उनी कमेडी च्याम्पियनको दोस्रो संस्करणको फाइनलमा प्रवेश गरेका छन्।