April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

धुर्मुस सुन्तलीको ‘म त मर्छु कि क्या हो’ सार्वजनिक

2.7K

काठमाडौं- हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरेले (सुन्तली) निर्माण गरेको चलचित्र ‘म त मर्छु कि क्या हो’ आज सार्वजनिक गरिएको छ ।

धुर्मुस र सुन्तलीको निर्देशनमा तयार भएको यो चलचित्र ओहो मुभिज एपबाट रिलिज भएको हो ।

चलचित्रमा सिताराम, कुञ्जनाको साथमा रवि गिरी, वुद्दि तामाङ, बिजय बराल, पल्पसा डंगोल, बादलिप राई, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको छ । चलचित्रको छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।

Advertisement

कोरोना महामारीका कारण हलहरुमा चलचित्र प्रदर्शन गर्न नसकिरहेको अवस्थामा यस चलचित्रलाई ओटीटी प्लेटफर्म मार्फत सार्वजनिक गरिएको हो । चलचित्रलाई ओहो मुभिज एप डाउनलोड गरेर केही रकम तिरेर हेर्न सकिने छ । चलचित्र २ घण्टाको रहेको साथै चलचित्रमा पूर्णरुपमा हाँस्यरस रहेको जानकारी निर्माण पक्षले दिइएको छ ।